Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमै रहेको जस्तो व्यवहार देखाउने माथि मौलिक उपचार हुन्छ : गृहमन्त्री अर्याल

सरकारमै रहेको जस्तो व्यवहार देखाउने माथि मौलिक उपचार हुन्छ : गृहमन्त्री अर्याल

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि सरकारमै रहेको जस्तो व्यवहार देखाउने माथि मौलिक तरिकाको उपचार गर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको पनि सरकारमा प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै अनसन बस्दै आएका अछामका मदन बुढाको आज अनसन तोडाउँने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने- 'सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो त्यसको सरकारले अर्गानिक-वेमा ट्रिटमेन्ट गरिरहेको छ त्यो विकृत हो, त्यो रोग हो । हामी त्यसको ट्रिटमेन्ट अर्गानिक-वेमा गरिरहेका छौं ।'

उनले त्यस्तो विकृति हटाउन अंतरिम सरकार क्रियाशील रहेको बताएका छन् ।

उनले भने- 'आइ एम द स्टेट भनेर कसरी भनेका रहेछन् । अहिले पनि के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि ? सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । यो सरकारले भ्रष्टाचारी खोज्न पाउँदैन, शान्ति सुरक्षा राख्न पाउँदैन,चुनाव बिथोलिन्छ भन्न पाइँदैन । यो सरकारले चुनाव पनि गराउँछ तर शान्ति सुरक्षा र भ्रष्टाचार निर्मूल गर्ने हाम्रो काम हो ।'

यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भएकाले कारबाही गर्दा चुनावको वातावरण बिथोलिन्छ भन्ने तर्क स्वीकार्य नभएको उनलेबताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077