डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। सोमवार राति बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सुपप्र ०१-००१ च ४६५१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
जिपमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षकी लक्ष्मी कुमारी सलामीको मृत्यु प्रहरीले जनाएको हो । सोमबार राति डेढ बजेको समयमा जिपको सापट भाँच्चिएर सडकमा पल्टिदा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार उक्त जिपमा चालक सहित जम्मा ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेका छन् ।
दुर्घटनापछि जिप चालक घोडाघोडी नगरपालिका–८, मैनापोखरी बस्ने २७ वर्षीय सरोज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।