Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महरा पक्राउपछि सुदन गुरुङको चेतावनी - सुरु भयो, अब सबै फाइलहरू खुल्नेछन्

महरा पक्राउपछि सुदन गुरुङको चेतावनी - सुरु भयो, अब सबै फाइलहरू खुल्नेछन्

सोमवार , आश्विन २७, २०८२

काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्ण बहादुर महरा पक्राउ परेपछि देशभरका भ्रष्टाचार सम्बन्धी सबै फाइल खुल्न थाल्ने चेतावनी दिएका छन् ।

महराको पक्राउपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भ्रष्टाचारका सबै फाइल खुल्ने बताएका हुन् । उनले लेखेका छन्, 'सुरु भयो, अब सबै फाइलहरू खुल्नेछन् ।'

पूर्वसभामुख कृष्ण बहादुर महरालाई आइतबार सुन तस्करी प्रकरणमा संलग्नता आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, २०७९ पुस १० गते दुबईबाट नेपाल आएका एक फ्लाइटमार्फत सुन तस्करी भएको घटनामा महराको प्रत्यक्ष संलग्नता रहेको प्रमाण भेटिएको बताइएको छ ।

यस्तै विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077