Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी अभियन्ता मिराज ढुंगानाले भने - ५०० र हजारका नोट बन्द गर्नुपर्छ

जेनजी अभियन्ता मिराज ढुंगानाले भने - ५०० र हजारका नोट बन्द गर्नुपर्छ

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले देशभर रु ५०० र हजारका नोटबन्दी गर्न सरकारसँग माग गरेका छन् ।

उनले अवैध रूपमा संकलित कालोधन नियन्त्रण र निर्वाचनमा हुने आर्थिक चलखेल रोक्नका लागि नोटबन्दी आवश्यक भएको तर्क गरेका हुन् ।

पहिलोपटक पत्रकार सम्मेलन गर्दै ढुंगानाले भने, 'अब रु ५०० र हजारका नोट निश्चित समय सूचना दिएर बन्द गरिनुपर्छ। त्यसपछि तिनै नम्बरका नोट पुनः छापेपछि मान्यता दिन सकिन्छ।'

उनका अनुसार, यस्तो कदमले कालोधन नियन्त्रण गर्न सहज हुने र निर्वाचनमा पैसाको प्रभाव घटाउनेछ।

ढुंगानाले नोटबन्दीको प्रस्ताव औपचारिक रूपमा सरकारलाई सुझाव दिने तयारी भएको बताए। “हामी यो निर्णय कार्यान्वयन गर्न सरकारलाई बाध्य पार्नेछौँ,” उनले जोड दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077