Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा, ओली र प्रचण्डले अब नेतृत्व छाड्नुपर्छ, देशलाई नयाँ पुस्ताले अघि बढाओस् : गगन थापा

देउवा, ओली र प्रचण्डले अब नेतृत्व छाड्नुपर्छ, देशलाई नयाँ पुस्ताले अघि बढाओस् : गगन थापा

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रमुख दलका शीर्ष नेताहरूले नेतृत्व त्याग्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेतृत्वबाट पछि हट्नुपर्ने स्पष्ट सन्देश दिएका हुन् ।

उनका अनुसार देशमा लामो समयदेखि देखिएको अस्थिरता र जनआकांक्षा अनुसारको शासन व्यवस्थाको अभावको मूल कारण यही ‘म्यूजिकल चेयर’ शैलीको सत्ता राजनीति हो ।

“ओली, देउवा र प्रचण्डबीच सत्तामा म्यूजिकल चेयर चल्दा आजको समस्या आएका हुन्,” थापाले भने, “अब तपाईंहरू हुँदैन, घर बस्नुपर्छ । हामीले पनि तपाईंहरू विना पार्टी चलाउन सक्छौं भन्नुपर्छ ।”

थापाले पुराना नेताले नेतृत्व छोडेपछि मात्र नयाँ राजनीतिक संस्कृति र सोचको विकास सम्भव हुने बताए ।

“नेतृत्व बदल्दा सबै कुरा बदलिँदैन, तर संस्कृति, गति र मति नेतृत्व बदलेपछि फेर्नुपर्छ,” उनले जोड दिए ।

तीन नेताले पद नछोड्ने अडान लिए पनि मौन बस्न नहुने थापाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077