Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वायु सेवा निगमको बेथितिविरुद्ध नागरिक उड्डयनदेखि अख्तियारसम्म जेनजीको ५ बुँदे ज्ञापनपत्र

वायु सेवा निगमको बेथितिविरुद्ध नागरिक उड्डयनदेखि अख्तियारसम्म जेनजीको ५ बुँदे ज्ञापनपत्र

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेपाल वायु सेवा निगममा भइरहेको बेथितिविरुद्ध जेनजी समुहले नेपाल नागरिक उड्डयन प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

अर्जुन शाहि, टंक धामी लगायतको समुहले नेपाल नागरिक उड्डयन प्राधिकरण, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तहरूलाई वायु सेवा निगममा भएको बेथिति छानबीन गर्न माग गर्दै ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले वाइडवडी र लाउडा एयर घोटाला प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

साथै दुर्गम क्षेत्रका जनताका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने माग गरेका छन् ।

यस्तै प्रस्तावहरु तत्काल कार्यान्वयन नभए सबैले स्विछिक रुपमा राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने समेत माग राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077