Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन

माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । माइतीघर-नयाँ बानेश्वर आसपासका क्षेत्रमा काठमाडौं प्रहरीले आज बिहानैदेखि उच्च सतर्कता अपनाएको छ ।

जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने कार्यक्रम तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमती रमेश लेखकविरुद्ध, अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका बालेन शाह र आफूले आफूलाई जेनजी नेता बताउँदै आएका सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

जेनजीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीघरमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो ।

सोहि अनुरुप आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रहरीले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाएर सात हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077