Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार, को-को समेटिए ?

जेनजी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार, को-को समेटिए ?

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । नेपाल जेनजी फ्रन्टले जेनजी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ ।

सुशासन, पारदर्शिता, जबाफदेहिता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताविरुद्ध अभियान सञ्चालन गरिरहेको पनि नेपाल जेनजी फ्रन्टले जनाएको छ ।

हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको हो ।

फ्रन्टका केन्द्रीय विभागीय सदस्यमा जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिका संविधान प्रसाई रहेका छन् ।

बैठकले प्रदेशस्तरीय सम्पर्क व्यक्तिमा क्रमशः प्रदेश नं. १ मा रोहन दंगाल, मधेस प्रदेशमा मो। नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपानेलाई तोकेको छ ।

यसैगरी कर्णाली प्रदेशमा विनीता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन विष्टलाई तोकेको छ ।

यसबाट देशभरका जेनजी, युवा र विद्यार्थीहरूलाई सहजीकरण र समन्वयमा ल्याइने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077