Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ, म्यान्डेटअनुसार चल्छौँ: प्रधानमन्त्री कार्की

हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ, म्यान्डेटअनुसार चल्छौँ: प्रधानमन्त्री कार्की

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् । मंगलबार बालुवाटारमा जेनजी आन्दोलका घाइतेहरूसँगभएको ४ घण्टा लामो छलफलमा उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्- 'हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ। प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन्। आआफ्नो ठाउँबाट काम भइरहेको छ। तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला।'

भेटमा प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् । छलफलमा जेनजी आन्दोलनका घाइतेहरू सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् ।

भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर फेरि अर्को आन्दोलन गर्ने घाइतेहरूले चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा बालुवाटार गएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने मत राखे ।

घाइतेहरूका तर्फबाट खड्काले भने- 'जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ रु नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो किरु जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।'

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ, के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो ? घाइते प्रतिनिधिहरूको प्रधानमन्त्री कार्कीलाई प्रश्न थियो ।

कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए।

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077