Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल र हमासबीच युद्धविरामको सहमति, बन्धक चाँडै रिहा हुने

इजरायल र हमासबीच युद्धविरामको सहमति, बन्धक चाँडै रिहा हुने

बिहिवार , आश्विन २३, २०८२

एजेन्सी । इजरायल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवै पक्ष युद्धविराम गर्न बुधबार राति सहमत भएका हुन् ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गरे । उनले इजरायलले सम्झौता भएको सीमासम्म सेना फिर्ता गर्ने बताए ।

राष्ट्रपति ट्रम्पले छिट्टै मध्यपूर्वको भ्रमण गर्ने तयारी छ । तर ट्रम्पले मध्यपूर्वको भ्रमण कहिले गर्ने भन्ने स्पष्ट भएको छैन ।

इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्ताहरूले हमास प्रतिनिधिमण्डलसँग सात घण्टा लामो वार्ता सम्पन्न गरेका छन् र अब इजरायली प्रतिनिधिमण्डलसँग अन्तिम सहमतिका लागि बार्ता हुने खबरमा उल्लेख छ ।

अमेरिकासँगै इजिप्ट र कतारका वार्ताकारहरू गाजामा युद्धविराम र इजरायली बन्दीहरूको मुक्तिका लागि सहमति खोज्ने प्रयासमा रहेका छन् ।

दुई वर्षअघि सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा झन्डै एक हजार दुई सयको ज्यान थियो भने दुई सय ५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण तिब्र पारेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077