Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धर्ना–जुलुस सभ्य र शान्तिपूर्ण बनाउने गृह मन्त्रालयको आग्रह

धर्ना–जुलुस सभ्य र शान्तिपूर्ण बनाउने गृह मन्त्रालयको आग्रह

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । गृह मन्त्रालयले देशभर भइरहेका विरोध, धर्ना र जुलुसका कार्यक्रमलाई सभ्य, मर्यादित र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न सबै पक्षसँग आग्रह गरेको छ।

बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले नागरिकहरूले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्नुपर्ने आवश्यकता औंल्याएको छ।

मन्त्रालयका अनुसार हालै जेनजी समूहको नेतृत्वमा भएका प्रदर्शनहरूपछि देशमा नयाँ राजनीतिक परिस्थिति विकास भएकोछ। सो अवस्थाबीच आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको वातावरण तयार पार्न सरकार सक्रिय रूपमा लागिपरेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरिन्छ।”

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ —'नागरिकका चासो, सरोकार र मागलाई सरकारले सधैँ गम्भीरतापूर्वक लिएको छ। समस्याको समाधान वार्ता र छलफलमार्फत खोज्न सरकार सकारात्मक छ। त्यसैले धर्ना वा विरोधका कार्यक्रम अघि बढाउनुअघि वार्ता र संवादका माध्यमबाट समाधान खोज्ने पहल गर्न सबैमा हार्दिक अनुरोध गर्दछ।'

मन्त्रालयले देशभर शान्ति–सुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सहकार्य अपरिहार्यरहेको पनि जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077