काठमाडौं । ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तका प्रमुख डीएसपी रामकुमार यादवलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तानिएको छ ।
सामान्यतया एक वर्षअघि वृत्त प्रमुखको सरुवा नहुने चलन रहे पनि यादवलाई केवल ६ महिनामै फिर्ता बोलाइएको हो ।
यादवले वृत्तमा रहेर अपेक्षानुसार प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधान कार्यालयले उनलाई रानीपोखरी बोलाएको बताइएको छ ।
उता, यादवको स्थानमा डीएसपी पूर्णिमा चन्दलाई सातदोबाटो वृत्तको प्रमुख बनाइएको छ । उनी यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिइन्।
प्रहरी प्रधान कार्यालयले सोमबार चन्दलाई काज सरुवाका रूपमा सातदोबाटो पठाएको हो ।