Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन लक्षित सूर्यको टिप्पणी - ऊ विदेशीको शिखण्डी र हत्यारा हो, मेयरको कुर्सीमा बस्न लायक छैन

बालेन लक्षित सूर्यको टिप्पणी - ऊ विदेशीको शिखण्डी र हत्यारा हो, मेयरको कुर्सीमा बस्न लायक छैन

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहमाथि देशविरुद्धको षड्यन्त्र र राजधानीमा अराजकता फैलाउने मुख्य योजनाकार भएको गम्भीर आरोप लगाएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले मेयर बालेन लक्षित सो आरोप लगाएका हुन् ।

थापाका अनुसार, पछिल्ला केही महिनायता राजधानीमा भएका आगजनी, तोडफोड र हिंसात्मक घटनाहरू कुनै सामान्य आक्रोशको परिणाम होइनन्, बरु एउटै नियोजित अपराधी समूहको सञ्चालनमा भएका हुन् ।

'दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो,' थापाले भने, 'सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र संसद भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने अब कुनै रहस्य छैन।'

भदौ २४ गतेको घटनामा ५४ जनाको ज्यान गएको उल्लेख गर्दै थापाले त्यसको पछाडि पनि ‘लुसिफर डार्कम्यान’ नामक पात्रको उक्साहट रहेको दाबी गरे।

'त्यो रहस्यमय लुसिफर डार्कम्यान अरू कोही होइन, विदेशी स्वार्थको शिखण्डी बनेको अपराधी हो,' उनले भने, 'त्यो व्यक्ति अब राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077