Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले शान्ति प्रस्ताव अस्वीकार गर्‍यो भने ध्वस्त पार्ने ट्रम्पको धम्की

हमासले शान्ति प्रस्ताव अस्वीकार गर्‍यो भने ध्वस्त पार्ने ट्रम्पको धम्की

सोमवार , आश्विन २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शक्ति र नियन्त्रण त्याग्न हमासले अस्वीकार गरेमा त्यसलाई पूर्ण रूपमा ध्वस्त गरिने कडा चेतावनी दिएका छन्।

शनिबार अमेरिकी समाचार च्यानल सीएनएन का पत्रकार जेक ट्यापरसँगको अन्तर्वार्तामा ट्रम्पले सो चेतावनी दिएका हुन् । ट्यापरले उनलाई टेक्स्ट सन्देशमार्फत सोधे—'यदि हमास सत्तामा रहिरह्यो भने के हुन्छ ?'

जवाफमा ट्रम्पले छोटो तर कडा प्रतिक्रिया दिए — 'पूर्ण रूपमा ध्वस्त !'

उनले थपे, 'हमास साँच्चै शान्ति चाहन्छ कि चाहँदैन भन्ने कुरा अब धेरै ढिलो नहोला, छिट्टै स्पष्ट हुनेछ।'

ट्रम्पले आफ्नो युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत होस् भन्ने आशा व्यक्त गर्दै भने, 'म आशा गर्छु— मेरो प्रस्तावले दुवै पक्षबीच स्थायी शान्तिको मार्ग खोल्नेछ।'

यसअघि शनिबार नै उनले इजरायलले आफूले तयार पारेको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077