Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाढीले १०५ मेगावाटका १३ आयोजनाको विद्युत उत्पादन बन्द, ५ वटामा क्षति

बाढीले १०५ मेगावाटका १३ आयोजनाको विद्युत उत्पादन बन्द, ५ वटामा क्षति

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । इलाममा सञ्चालनमा रहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । शुक्रबारदेखि परेकोअविरल वर्षाका कारण हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका आयोजना बन्द भएका हुन् ।

इलाममा रहेका माइखोला, माइखोला क्यासकेड, सुपरमाइ, सुपरमाई ए तथा त्यसको क्यासकेड, जोगमाईखोला र त्यसको क्यासकेड, तल्लो जोगमाइ, माइबेनी, माथिल्लो माइखोला, माई सी क्यासकेड आयोजनाको उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।

जलविद्युत् व्यवसायीहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले गरेको प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावटका १३ आयोजनाको उत्पादन बन्द छ भने निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ वटा आयोजनामा बाढीले क्षति पुगेको छ।

सिन्धुपाल्चोक र पाँचथरका दुईरदई आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको इप्पानले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077