Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीपी राजमार्ग खुलाउन काम शुरू गरिसक्यौं, छिट्टै खुल्छ : मन्त्री घिसिङ

बीपी राजमार्ग खुलाउन काम शुरू गरिसक्यौं, छिट्टै खुल्छ : मन्त्री घिसिङ

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

घिसिङले भने- 'अवरुद्ध बीपी राजमार्गलाई तत्कालै खोल्नेछौँ । काम शुरू गरिसकेका छौँ । तीन-चार दिनभित्रमा खोल्ने कुरा भएको छ । त्यो भन्दा छिटो सडक खोल्नेछौँ ।'

वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए ।

मन्त्री घिसिङले थपे- 'सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति भएको छैन् । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृष्टि भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन् ।'

घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् ।

यस्तै केही ज्योतिषीले पानी पर्दैन भनेर फैलाएको अफवाहलाई विश्वास गर्दा लाङटाङमा पदयात्रीले ज्यान गुमाउनु परेको उनले बताए ।

तत्कालका लागि केहि राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक बाटोहरू प्रयोग गर्न समेत उनको आग्रह छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077