Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँचथर जीप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो [नामावलीसहित]

पाँचथर जीप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो [नामावलीसहित]

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका-३ कार्तिकेमा शनिबार भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका र घाइतेहरूको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन-५ की २९ वर्षीया युना तामाङ, मेरिङदेन-२ का ३३ वर्षीय विनोद लोवा, मेरिङदेन-४ की २१ वर्षीया, गीता हाङगाम, मेरिङदेन-५ का अभिषेक लिम्बू, सोही ठाउँका ३३ वर्षीय धनकुमार चोङवाङ र मोरङ उर्लाबारी-८ की २८ वर्षीया मनीषा कार्की रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घाइते हुनेमा ताप्लेजुङ मेरिङदेन गाउँपालिका-५ का २२ वर्षीय महेश लिम्बू, मिक्लाखोला गाउँपालिका-४ की २५ वर्षीया मनु सावा लिम्बू, ताप्लेजुङ कालीखोलाका सात वर्षीय अनिश लिम्बू, सुनसरीका ३५ वर्षीय महेश गुरागाईं, ताप्लेजुङ मेरिङदेन गाउँपालिका-५ का २५ वर्षीय विमल लिम्बू र ताप्लेजुङ मिक्लाखोला गाउँपालिका-४, सावाका ३० वर्षीय सञ्जोहाङ लिम्बू रहेका छन् ।

जीप चालक समेत रहेका महेश लिम्बुसहित ५ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (घोपा)मा उपचार भइरहेको छ । एक जनाको भने जिल्ला अस्पताल पाँचथरमा उपचारपछि झापा पठाइएको प्रहरीले जनाएको छ ।

तमोर करिडोरअन्तर्गत कुम्मायक-३ मा शनिबार दिउँसो ताप्लेजुङबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077