Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभरका १० वर्षामापन केन्द्रले नाघे खतरा तह, रौतहटमा सबैभन्दा बढी

देशभरका १० वर्षामापन केन्द्रले नाघे खतरा तह, रौतहटमा सबैभन्दा बढी

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेका छन् । बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा मापन भएको छ।

पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा मापन भएको छ।

त्यहाँ २७० मिलिमिटर वर्षा मापन भएको। यो अति धेरै भारी वर्षा हो। तराइका अन्य आसपास जिल्लामा पनि भारी वर्षा भएको छ। बारा पर्सामा पनि २०० मिलिमिटर भन्दा बढी वर्षा भइसकेको छ।

यस्तै सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौं उपत्यकालगायत १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ। पचासभन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ।

बागमती, मधेस र कोसी प्रदेशका थुप्रै केन्द्रहरू खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077