Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दसैंको तेस्रो दिन : आज पनि टीका लगाइँदै

दसैंको तेस्रो दिन : आज पनि टीका लगाइँदै

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । ‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।

आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनको हातबाट टिका लगाउँदै छन्।

नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी हुँदै कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ तर कहीं कतै ‘पश्चिम नेपालका केही जिल्ला’ मा भने विजयादशमीमा मात्रै टीका लगाइन्छ।

दसैं असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने भए पनि यसबारे अनेक भनाइ तथा किम्वदन्ती छ। दसैंलाई धेरै समय भेटघाट नभएका आफन्तहरू भेट्ने अवसरको रूपमा पनि लिइन्छ। दसैंको भेटघाटले एक आपसमा सद्भाव र विश्वास बढाई आत्मीय बढाउने गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077