Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२४ घण्टामा एक लाख ११ हजार यात्रुले छाडे काठमाडौं

२४ घण्टामा एक लाख ११ हजार यात्रुले छाडे काठमाडौं

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन् ।

यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यसैगरी, घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२ हजार ७५५ जना काठमाडौं उपत्यका भित्रिएका प्रहरीले जनाएको छ ।

दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको संख्या बढ्न थालेका कारण काठमाडौं उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् । यस्तै, १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077