Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सचिवालयले भन्यो – पाँच प्रदेशमा बाढी र पहिरोको उच्च जोखिम छ, सावधानी अपनाउनू

प्रधानमन्त्रीको सचिवालयले भन्यो – पाँच प्रदेशमा बाढी र पहिरोको उच्च जोखिम छ, सावधानी अपनाउनू

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । भारी वर्षाको सम्भावना देखिएपछि प्रधानमन्त्रीको स्वकीय सचिवालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको भन्दै सर्वसाधारण तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

सचिवालयले विशेषगरी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाउन मातहतका निकायहरूलाई आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन प्रक्रियामा संलग्न सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैलाई समन्वय गरी विपद् न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म पाँच प्रदेश (कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश) मा मनसुनी गतिविधि सक्रिय हुने पूर्वानुमान गरेको छ । कतिपय स्थानमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने विभागनको पूर्वानुमान छ ।

विभागले नारायणी, वाग्मती, कमला र कोसी नदी एवं तिनका सहायक नदीहरूमा उल्लेख्यरूपमा पानीको सतह बढेर खतरा तहको आसपासमा पुग्ने सम्भावना रहेको जनाएको छ ।

मनसुनी वर्षाले मधेस प्रदेशका महाभारत र चुरे भई बग्ने ससाना नदीनालामा पनि आकस्मिक खहरे, भेल, बाढी आउन सक्ने सम्भावना देखिएको छ ।

May be an illustration of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077