काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन 'जेनजी' आन्दोलनका सहदि परिवारलाई भेटेकी छन् ।
बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।
साथै, उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि नै 'जेनजी' आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाउने बताइसकेकी छन् ।