Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विभागका महानिर्देशक लिएर मन्त्री घिसिङ पुगे बीपी राजमार्ग निरीक्षणमा

विभागका महानिर्देशक लिएर मन्त्री घिसिङ पुगे बीपी राजमार्ग निरीक्षणमा

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गको निरीक्षण गरेका छन् ।

यात्रुले भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पु¥याएको क्षति पश्चातको पुनः निर्माणको अवस्थाबारे बुझ्न मन्त्री घिसिङ सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीसहित निरीक्षणमा पुगेका हुन्।

पूर्वी क्षेत्रलाई संघीय राजधानीसँग जोड्न महत्त्वपूर्ण रहेको १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको थियो । गत वर्षको बाढीले यस राजमार्गको ३०.५ किलोमिटर खण्डमा क्षति पुर्‍याएको थियो ।

हाल भइरहेको इन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुइलेनको बनाइने छ। गत वर्ष असोजमा बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढेको छ । बाँकी खण्ड जाइकाको अनुदान सहयोगमा निर्माण हुनेछ ।

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

मन्त्री घिसिङले भने- 'नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे २ किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ। दशैँ तिहारपछि काम तीव्र गतिमा सुरू गर्नेगरी तयारी भइरहेको छ। छिटोभन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौँ।'

मन्त्री कुलमान घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताए।

उनले थपे- 'यस्तै असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पुर्वानुमान छ, यसबाट वीपी राजमार्ग र नारायणगढ–मुग्लिन तथा नारायणगढ–बुटवल सडक खन्डमा जोखिम रहेको भन्ने कुरा आएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्रा यात्रा गर्न आग्रह गर्दछु।'

अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077