Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

मंगलवार , आश्विन १४, २०८२

भरतपुर । लेदो खसेर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आएको छ ।

तुइन खोला पुलनजिकै लेदो खसेर पूर्णरूपमा अवरुद्ध भएको सडक मंगलबार राति ८:३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक अवरुद्ध भएको सूचना पाउनबित्तिकै डिभिजनको टोली मेसिनसहित पहिरोस्थलमा पुगेको थियो । लेदो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक डिभिजन भरतपुरले यातायात सुचारु भएपछि सबै चालक र यात्रुहरूलाई संयमित भएर लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।

वर्षाका कारण आज साँझ ७ः३० बजे लेदोसहित झरेको पहिरोले सडक दुवैतर्फ अवरुद्ध भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077