Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुग्लिन-नारायणगढ सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक

मुग्लिन-नारायणगढ सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधन आवागनमा रोक लगाइएको सडक डिभिजन भरतपुरले जजाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार, देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायत अन्य स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सडक बन्द गरिएको हो ।

सम्भावित दुर्घटनाबाट बच्न सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ ।

डिभिजनले अत्यावश्यकका सवारीसाधनले यात्रा गर्नुपर्ने भएमा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि हार्दिक आग्रह गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077