चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी सञ्चालन भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार रातभर भएको बर्षाका कारण तुईन खोला पुल नजिकै नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फि सञ्चालनमा रहेको हो ।
सडक डिभिजनले पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सुरक्षा निकायको समन्वयमा मात्रै सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ।
यसैगरी मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। अविरल वर्षासँगै खसेको पहिरो हटाएसँगै आवागमन सुचारू भएको छ ।