काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको तुइन खोलामा फेरि पहिरो खसेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मंगलबार (आज) साँझ ७ः३० बजे पहिरो झरेको हो। पहिरोका कारण यो सडक खण्डमा दुवैतर्फको यातायात अवरुद्ध भएको छ।
मुग्लिन क्षेत्रमा पानी परिरहेका कारण पहिरो खस्नेक्रम जारी नै रहेकोले पहिरो झर्न रोकिएपछि हटाउने कार्य सुरु गरिने सडक डिभिजनले जनाएको छ।
सडक अवरुद्ध रहेका कारण दुईतर्फी आवागमन बन्द गरिएको छ। अघिल्लो सातापनि यही ठाउँमा आएको पहिरो ४५ घण्टा लगाएर पन्छाइएको थियो ।
यो सडकखण्ड हुँदै दशैं मनाउन घर जानेहरू यसपटक तुइनखोलाको पहिरोका कारण समस्यामा परेका छन् । पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडकखण्डमा जाममा परेका छन् ।