Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किनबेचका विषयमा दुई समूह बीच विवाद हुँदा ५ जना घाइते

किनबेचका विषयमा दुई समूह बीच विवाद हुँदा ५ जना घाइते

सोमवार , आश्विन १३, २०८२

विराटनगर । सुनसरीको इटहरीमा दुई समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

इटहरी कान्छी चोक नजिक लुगा धुने डिटर्जेन्ट पाउडर किनबेचका विषयमा विवाद हुँदा दुई समूहका बिचमा झडप भएको हो ।

झडप हुँदा कपाल काट्ने कैँचीले घोप्दा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । झडपमा परि घाइते भएकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

घाइते भएका सबैलाई स्थानीय सान्वी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077