Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्राफिक नियम उल्लङ्घनमा जरिवाना बढाउने तयारी

ट्राफिक नियम उल्लङ्घनमा जरिवाना बढाउने तयारी

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ ।

सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ ।

मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउनुका साथै बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन न्यून गर्न नयाँ ऐन ल्याउन लागिएको बताए ।

नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ ।

चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको हो । ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको उनको भनाइ छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077