Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा ब्युँताउने तयारी : प्रचण्ड–माधव अध्यक्ष, महासचिवमा विप्लव !

नेकपा ब्युँताउने तयारी : प्रचण्ड–माधव अध्यक्ष, महासचिवमा विप्लव !

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पहलमा तीन कम्युनिस्ट दलबीच एकता प्रक्रियाले गति लिएको छ ।

माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादी तत्कालै एकतासम्म पुग्नेगरी थप नजिक भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष बनाउने र विप्लवलाई महासचिव बनाएर एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनेगरी छलफललाई निष्कर्षउन्मुख बनाएको तीनवटै दलका नेताको दाबी छ । यो प्रक्रिया आगामी भदौ मसान्तसम्ममा टुंग्याउने नेताहरूको तयारी छ ।

नेताहरूले यसअघि असफल भएको एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नै राख्नेगरी छलफललाई अघि बढाएका छन् । कानुनी झमेला नदेखिए तीनवटै दलका नेताहरू एकीकृत पार्टीको नाम नेकपा राख्न लगभग सहमत भएको स्रोतको दाबी छ ।

केही दिनअघि सम्पन्न नेकपा माओवादी केन्द्रको स्थायी समिति वैठकको म्यान्डेटअनुसार पार्टी एकताको वातावरण बनाउन भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीसँग बराबर संवाद बढाइरहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077