Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘माइन्युट’मा चार वर्षदेखि छैन जनार्दन शर्माको हस्ताक्षर

‘माइन्युट’मा चार वर्षदेखि छैन जनार्दन शर्माको हस्ताक्षर

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले विगत ४ वर्षदेखि पार्टी बैठकको ‘माइन्युट’मा हस्ताक्षर नै नगरेको खुलेको छ । पार्टी नेतृत्व हस्तान्तरणको अडानमा रहेका उनले बैठकमा उपस्थित भएर पनि निर्णयमा भने हस्ताक्षर गरेका छैनन् ।

२०७८ पुसमा भएको पार्टीको आठौं महाधिवेशनबाट शर्मा महासचिवको दाबेदार थिए । तर, उनलाई बन्न नदिई देव गुरुङलाई महासचिव बनाइयो । शर्मालाई उपमहासचिवमा राखेपछि उनी त्यहीबेलादेखि नेतृत्वप्रति असन्तुष्ट रहेको माओवादी नेताहरू बताउँछन् ।

प्रचण्ड त्यतिबेला महासचिवमा बर्षमान पुनलाई ल्याउन खोजेका थिए । तर, पुन बिरामी भई चीनमा उपचार गराइरहेका थिए । शर्मालाई रोक्न महाधिवेशनबाट महासचिव चयन नगरी महाधिवेशन लम्ब्याउने काम त्यतिबेलै भएको थियो ।

महाधिवेशन हलबाटै महासचिव निर्वाचित हुन खोजेका शर्मा त्यसयता पार्टीको मूल नेतृत्व नै बन्नुपर्ने रणनीतिअनुसार लागेका छन् । पछिल्लो समय मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली धन्दा’मा लागेको भन्दै उनले गम्भीर आरोप अन्य कम्युनिस्ट प्रधानमन्त्रीहरूमाथि लगाए ।

जुन भिडियो भाइरल भएको थियो । माओवादी केन्द्रको करिब चार दशकदेखि अध्यक्ष रहेका प्रचण्ड प्रधानमन्त्री भए । उनको मन्त्रिपरिषद्मा शर्मा पनि मन्त्री भए । र, उनले यस्तो अभिव्यक्ति दिँदै आफ्नै पार्टी अध्यक्षलाई समेत असुली धन्दामा लागेको गम्भीर आरोप लगाउँदै चुनौती दिए ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले उपमहासचिव शर्माले माइन्युटमा हस्ताक्षर नगरेको विषय साँचो भएको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077