Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीमा दक्ष कामदार घटे

वैदेशिक रोजगारीमा दक्ष कामदार घटे

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या घटेको छ । पछिल्ला चार वर्षको तथ्याङ्कका आधारमा त्यस्ता श्रमिकको सङ्ख्या सुरुको तुलनामा भने बढेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा २०८१/८२ मा दक्ष भएर जानेको सङ्ख्या भने ११ प्रतिशतले घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकामा आव २०८०/८१ मा बढेर ७२ प्रतिशत पुगेको थियो । आव २०८१/८२ मा भने वैदेशिक रोजगारीमा गएकामध्ये ६१ प्रतिशत मात्रै श्रमिक दक्ष छन् ।

विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारमा जाने छ लाख ३० हजार ६८ जनामध्ये दुई लाख ९१ हजार ८८९ जना (४६ प्रतिशत) दक्ष भएर विदेश गएका थिए भने आव २०७९/८० मा सात लाख ७१ हजार २५३ जना विदेश गएकोमा पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गए ।

यस्तै आवमा २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएकामा पाँच लाख ३२ हजार १२३ जना (७२ प्रतिशत) दक्ष भएर गए । गत आवमा आठ लाख ३९ हजार २६६ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख १२ हजार १३५ (६१ प्रतिशत) दक्ष भएर गए ।

पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ११ प्रतिशतले घटेको देखिन्छ । विगत चार वर्षको हेर्दा गत वर्षसम्म दक्ष भएर विदेश जानेको सङ्ख्या २५ प्रतिशतले बढेको थियो । आव २०७९/८० मा दक्ष भएर जाने ४६ प्रतिशत र २०८१÷८२ सम्म ६१ प्रतिशत दक्ष भएर गएको देखिन्छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077