काठमाडौँ। सरकारले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवालको सरुवा गरेको छ।
साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले तीर्थराजको सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार, विभागका उपमहानिर्देशक चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ।