काठमाडौं। मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।