काठमाडौं । गत आर्थिक वर्षमा नेपालले एउटै वस्तु एक खर्ब रुपियाँभन्दा बढीको निर्यात गरेको छ जुन् अहिलेसम्मकै उच्च हो ।
सोही वस्तुको निर्यातमा आएको उछालले नेपालबाट हुने कुल वस्तु निर्यात पनि अहिलेसम्मकै सबैभन्दा धेरै हुन पुगेको छ ।
नेपालको निर्यातलाई उचाइमा पुर्याउने त्यो वस्तु हो, भटमास तेल । भन्सार विभागका अनुसार नेपालले गत आवमा एक खर्ब छ अर्ब ८० करोड रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ ।
कुल निर्यातमा भटमास तेलको हिस्सा ३८.५४ प्रतिशत छ । गत आवमा नेपालले दुई खर्ब ७७ अर्ब बराबरको वस्तु निर्यात गरेको तथ्याङ्क छ । गोरखापत्रबाट