Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस रिझाउन एमाले राजनीतिक प्रतिवेदनमा दलीय दृष्टिकोण ‘गायव’

कांग्रेस रिझाउन एमाले राजनीतिक प्रतिवेदनमा दलीय दृष्टिकोण ‘गायव’

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । सत्ता सहयात्री दल नेपाली कांग्रेसलाई ‘सत्रु राजनीतिक शक्ति’ उल्लेख गर्नुपर्ने बाध्यताका कारण नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा पेस हुने राजनीतिक दलप्रतिको दृष्टिकोण नै गायव पारेको छ ।

सोमबारबाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कांग्रेसलाई हेर्ने परम्परागत दृष्टिकोण उल्लेख गरे सत्ता सहकार्यमा असर पुग्ने ठानेर प्रतिवेदनमा दललाई हेर्ने दृष्टिकोणबिनै मौखिक प्रतिवेदन पेस गरेर ‘टारटुर’ पारेका छन् ।

वामपन्थी राजनीतिक दलका बैठकमा पेस हुने प्रतिवेदनमा वर्ग पक्षधरता तथा अन्य राजनीतिक पार्टीलाई हेर्ने वर्गदृष्टिकोणसहितको विश्लेषण समावेश हुन्छ ।

एमालेको हरेक बैठकमा पेस हुँदै आएको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई ‘प्रधान सत्रु’का रूपमा चित्रण गर्दै आएकामा एमाले–कांग्रेस गठबन्धन भएपछि एमाले पन्छिन थालेको छ ।

कांग्रेस रिसाएर सत्ता समीकरणमा असर पर्नसक्ने देखेर एमाले दस्तावेजमै कांग्रेसप्रति ‘सफ्ट’ भइरहेको छ । त्यसकै शृंखलाका रूपमा ओलीले राजनीतिक प्रतिवेदन नै नल्याएर पन्छिएका छन् ।

‘कम्युनिस्ट पार्टीको बैठकमा राजीतिक प्रतिवेदन पेस हुँदै आएको छ, त्यसमा अन्य प्रतिस्पर्धी राजीतिक दलहरूको चरित्रलगायतका विषयमा चित्रण गरिएको हुन्छ । हरेक केन्द्रीय कमिटी बैठकमा कांग्रेसलाई प्रधान सत्रुका रूपमा एमालेले व्याख्या गर्दै आएको छ । तर, यस पटकको बैठकमा त्यसरी उल्लेख गर्न नसकिएरै प्रतिवेदन आएन,’ एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्ष कमरेडले कांग्रेसलाई प्रधान सत्रु भनेर लेख्न हात काँप्यो होला त्यही भएर मौखिक रूपमै आयो ।’

ती केन्द्रीय सदस्यले कांग्रेसलाई वर्गसत्रु लेखौं कांग्रेस चिढिने, कांग्रेस सहयात्री भनौं दस्तावेजको इतिहासमा कलंकित हुने भएपछि अध्यक्षले उम्कने बाटो खोजेको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077