अछाम । अछाममा झण्डै एक सातादेखि हराइरहेकी एक वृद्धा महिला मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलकी ८९ वर्षीया महिला गंगा कुँवर बिहीबार मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी गत असार २६ गते सम्पर्कविहीन भएकी थिइन् । त्यसको दोस्रो दिन मात्रै प्रहरीलाई जानकारी आएको थियो । जानकारी प्राप्त भए लगत्तै प्रहरी र स्थानीय खोजी कार्यमा लागेका थिए ।
तर उनको शव कुहिएको अवस्थामा बिहीबार घर नजिकैको जंगलमा भेटिएको अछाम प्रहरीले जनाएको छ । उनको शव पोखराको जंगलमा रुखको फेदमा अड्किएको अवस्थामा भेटिएको थियो ।
बाटोभन्दा झण्डै ८० मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख इश्वरी प्रसाद भण्डारीले जानकारी दिए । उनको लडेर मृत्यु भएको सक्ने प्रहरीको अनुमान छ ।
यद्धपि कारण भने अहिलेसम्म खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ । प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।