Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाको बजेट पारित

काठमाडौं महानगरपालिकाको बजेट पारित

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट सर्वसम्मतिले पारित भएको छ ।

बुधबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिएको हो ।

आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोष र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077