Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साढे ३ खर्ब वित्तीय घाटामा सरकार

साढे ३ खर्ब वित्तीय घाटामा सरकार

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । असारको अन्तिम साता आइपुग्दा सरकार साढे ३ खर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले उठाउनुपर्ने सबैजसो राजस्व र अनुदान उठाइसक्दा सरकारको खाता साढे ३ खर्ब रुपैयाँले घाटामा गएको देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक विवरणअनुसार सोमबारसम्ममा सरकारले ११ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ राजस्व र अनुदान उठाएको छ । यसबीचमा सरकारले जम्मा १५ खर्ब ९ अर्ब २६ करोड ५६ लाख रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरिसकेको छ ।

घाटा पूर्ति गर्नका लागि जेठसम्ममा मात्रै ४ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ । जेठ मसान्तसम्ममा सरकारले ३ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ ऋणको साँवा ब्याज भुक्तानी गरिसकेको छ ।

कर्जा लिएको समेत गरेर सरकारले जम्मा यस आर्थिक वर्षमा १५ खर्ब ६३ अर्ब रुपैयाँ आर्जन गरेको छ । साँवा ब्याजसहित पुँजीगत खर्च र चालू खर्च गरी कुल १५ खर्ब ९ अर्ब २६ करोड ५६ लाख रुपैयाँ खर्च गरिसकेको छ । सरकारको खातामा अब ५० अर्ब रुपैयाँ हाराहारीमा मात्र रकम बाँकी रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077