Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यागमनमा ‘नैतिक संहिता’ लागू : जाँदा ‘शुभयात्रा’ र आउँदा ‘स्वागत छ’ भन्नुपर्ने

अध्यागमनमा ‘नैतिक संहिता’ लागू : जाँदा ‘शुभयात्रा’ र आउँदा ‘स्वागत छ’ भन्नुपर्ने

शनिवार , आषाढ २८, २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीले यात्रुसँग अनिवार्य मिजासिलो भएर प्रस्तुत हुनुपर्ने आचारसंहिता लागु गरिएको छ ।

कार्यालयले शुक्रबार आचारसंहिता जारी गर्दै यात्रुसँग थोरै र आवश्यक प्रश्न मात्र गर्ने, खाडी मुलुकलगायतका देशमा श्रमका लागि जाने यात्रुलाई विशेष सम्मानयुक्त शब्द प्रयोग गर्नुपर्ने र रुखो व्यवहार नगरी नरम तथा मिजासिलो शैलीमा प्रस्तुत हुनुपर्ने बताएको छ ।

कर्मचारीले प्रस्थान गर्ने सेवाग्राहीलाई अनिवार्य रूपमा ‘शुभयात्रा’ तथा आगमन गर्ने यात्रुलाई ‘हजुरलाई नेपालमा स्वागत छ’, ‘तपाईंको दिन शुभ रहोस्’ भन्नुपर्ने छ । उक्त आचारसंहितामा अध्यागमन कर्मचारी कानुनी, सामाजिक, सांस्कृतिक मूल्यप्रति थप संवेदनशील र जवाफदेही बन्नुपर्ने छ ।

अध्यागमन कर्मचारीले व्यक्तिगत, पदीय एवं पेसागत आचारण तथा व्यवहार सेवाग्राहीले गर्दा असल अनुभूत गर्नेखालको हुनुपर्ने छ । साथै सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउनुपर्ने छ ।

अध्यागमन राष्ट्रको मुहार झल्किने स्थान रहेकाले हरेक पर्यटकसँग प्रस्तुत हुँदा आत्मीय रूपमा प्रस्तुत हुनुपर्ने छ । यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सेवाग्राहीले पाएको सेवा प्रवाहबारे तत्काल मूल्याङ्कन गरी उत्कृष्ट, सन्तोषजनक र औसत सेवा भनी अध्यागमन सेवाबारे प्रतिक्रिया दिन पाउने छन् । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077