काठमाडौं । नेपाल र चीन जोड्ने रसुवागढी नाकाको संरचना बाढीले ध्वस्त भएपछि त्यसको विकल्प फेरि सिन्धुपाल्चोकको तातोपानी नाका बन्ने भएको छ ।
तथापि तातोपानी नाकाको पूर्वाधार पनि सद्दे छैन । २०७२ को भूकम्पले जर्जर बनेको पूर्वाधार तयार पारेर २०८० भदौदेखि पुनः सञ्चालनमा आएको नाका जोड्ने सडक सामान्य पानी पर्दा पनि बिग्रने गरेको छ ।
मङ्गलबार आएको ल्हेन्देखोलाको बाढीका कारण रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल भत्काएपछि आयातनिर्यात ठप्प भएको छ ।
बाढीका कारण रसुवा नाका बन्द हुँदा यसको विकल्पका रूपमा तातोपानी नाकालाई हेर्न थालिएको छ । गोरखापत्रबाट