काठमाडौं । शिक्षक बढुवाको विषयमा सहमति नजुट्दा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक उपर छलफल रोकिएको छ ।
आइतबार समितिको बैठक बसे पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमा समावेश गर्नुपर्ने विषयमा सरोकारवालासँग थप छलफल गर्नुपर्ने बताउँदै केही दिन समय दिनुपर्ने बताएका थिए ।
तर समितिका अन्य सदस्यले भने बैठक बोलाउने तर सरकारको तर्फबाट सधैँ छलफल मात्रै गर्नुपर्ने भन्दै बैठक स्थगित गर्न माग गरेको भन्दै आपत्ति जनाए ।
पछिल्लो समय विद्यालय तहका शिक्षकका बढुवाको विषयमा नेपाल शिक्षक महासङ्घलाई चित्त बुझाउन नसकेका कारण मन्त्रालयले थप समय माग गरेको हो । गोरखापत्रबाट