Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारभित्रै श्रम मन्त्रालयको गाडी हरायो

सिंहदरबारभित्रै श्रम मन्त्रालयको गाडी हरायो

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ ।

मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले हराइरहेको सो गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाडौँलाई समेत पत्राचार गरिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले असार १५ गते पत्राचार गरेको समाचारमा उल्लेख छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको गाडी खोजिदिन प्रहरीमा पठाइएको बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077