Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण

बिहिवार , आषाढ १९, २०८२

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको डिपो निर्माण भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल आयल निगमले स्वदेशी परामर्श र लगानीमा नै पहिलोपटक यति ठूलो भण्डारण क्षमताको डिपो निर्माण गरिएको जानकारी दिएको हो ।

नेपालका विमानस्थलमा यसअघि निर्माण हुने निगमका डिपोहरू इन्डियन आयल कर्पोरेसनको सहयोगमा निर्माण हुँदै आएका थिए ।

निगमको इतिहासको ५५ वर्षमा पहिलोपटक स्वदेशी प्रविधि र निर्माण कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिपो निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077