Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र - खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला, एडीबीको ऋण चाँहिदैन

खानेपानी मन्त्रीलाई हर्क साम्पाङको पत्र - खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला, एडीबीको ऋण चाँहिदैन

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नगरका लागि छुट्याइएको ४ करोड बजेटप्रति असन्तुष्टि जनाउँदै खानेपानीमन्त्रीलाई पत्र पठाएका छन् ।

उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् ।

उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋणसमेत तिर्न बाँकी रहेको उल्लेख गर्दै उनले एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् ।

साम्पाङले खानेपानी मन्त्रीलाई लेखेको पत्रमा भनिएको छ–‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफैँ खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077