कैलाली । सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका– १२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ ।
आफ्नै घर अगाडि काम गर्दैगर्दा उनको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको हो ।
सर्पले खुट्टामा डसेर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, धानको बिउ निकाल्ने क्रममा अचानक चट्याङ पर्दा धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरका एक जना घाइते भएका छन् ।