Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा, सतर्क रहन आग्रह

कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा, सतर्क रहन आग्रह

सोमवार , आषाढ १६, २०८२

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २०१ मिलिमिटर पानी परेको हो ।

त्यस आसपास अरू स्थानमा पनि ‘धेरै भारी’ पानी परेको छ । वर्षा भइरहेको स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ ।

२४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077