Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था विधानबाटै ‘आउट’

एमालेमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था विधानबाटै ‘आउट’

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आगामी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । आगामी नेतृत्वका लागि पार्टीभित्र रस्साकस्सी सुरु भएसँगै विधानको विभिन्न व्यवस्थामाथि परिवर्तनबारे बहससमेत सुरु भएको छ ।

विशेषतः ७० वर्षे उमेर हदको प्रावधान र उही पदमा तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न पाउने वा नपाउने विषयमा बहस सुरु भएको हो ।

एमालेमा दोस्रो विधान महाधिवेशन आगामी २० देखि २२ भदौमा हुनेगरी मिति तोकिएको छ । सो विधान महाधिवेशनले कसैलाई रोक्नसक्छ भने कसैका लागि सहज बनाउनसक्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुन खोजेका छन् ।

नवौं र १०औं महाधिवेशनबाट ओली दुई कार्यकाल अध्यक्ष भएका हुन् । ११औं महाधिवेशनबाट ओली नै पुनः नेतृत्वमा तेस्रो कार्यकालका लागि आउन खोजेको स्वयं ओलीकै अभिव्यक्तिबाट प्रस्ट हुन्छ ।

यसअघि उनले पार्टीको विद्यार्थी संगठन अखिलको महाधिवेशनमा नेतृत्वका लागि आवश्यकताका आधारमा हुने भन्दै लामै व्याख्या गर्दै मुलुक र पार्टीको आवश्यकताका आधारमा नेतृत्वमा आउने कुरा निर्धारण हुने जिकिर गरेका थिए । राजधानी दैनिबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077