काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यही जुलाई महिनाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनका लागि तयारी भएको उनले बताए ।
वैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउने क्रममा श्रमिकको मानवाधिकार तथा अन्तर्राष्ट्रिय श्रम संगठनको मूल्य र मान्यतालाई अवलम्बन गरेको बताए ।
रोजगारी सृजना गर्ने अभियानलाई नयाँ र प्रभावकारी तवरले कार्य गर्न आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गर्न लागेको जानकारी गराएका थिए ।