Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

इरान-कतार आक्रमण : त्रिभुवन विमानस्थलमा ५ सय बढी नेपाली यात्रु अलपत्र

इरान-कतार आक्रमण : त्रिभुवन विमानस्थलमा ५ सय बढी नेपाली यात्रु अलपत्र

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको हो ।

इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि ५ सयभन्दा बढी नेपाली यात्रु बिचल्लीमा परेका छन्।

कतारको आक्रमणपछि आफ्ना आकाशमार्गहरू अस्थायी रूपमा बन्द गरेकाले उडान अवरुद्ध भएका थिए ।

यसका कारण नेपाल एयरलाइन्सको राति ११ बजे तय भएको दोहा उडानसमेत प्रभावित भएको छ । सो विमान हाल त्रिभुवन विमानस्थलमै रोकिएको छ।

कतार जाने यात्रुहरू रातभर विमानस्थलमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077